YouTube Link

माछापुच्छ्रे बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा बिहिबार पोखरामा होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले माछापुच्छ्रे बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस गरि १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाबाट बैंकले सर्वसाधारण शेयर धनी समुहको तर्फबाट जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले आजैबाट आफ्ना शेयरधनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ ।

बैंकले आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी  जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%be%e0%a4%96%e0%a4%be%e0%a4%b0%e0%a4%b9%e0%a4%bf%e0%a4%a4-%e0%a4%ac/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...