Texas College
YouTube Link

मेगा बैंकको १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव

Facebook Link

काठमाडौं:  मेगा बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत वर्ष २०७६/७७ को लागि १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यो लाभांश बैंकको गत आर्थिक वर्षको अन्त्यसम्म कायम सञ्चित मुनाफा र अन्य मेगा कोषहरुबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण हुने बैंकले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश गत तीन वर्ष यताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ११.७५ प्रतिशत लाभांश(नगद मात्रै), आर्थिक वर्ष २०७४/७५को नाफाबाट १ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद गरी ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले १०.७५३९ प्रतिशत बोनस सेयर मात्रै पाएका थिए । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट भने बैंकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १३.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्तापूँजी  १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-3/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...