एन आई सी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारी
वि.सं.२०७७ पुस १ बुधवार १२:०३
1.7K
shares
काठमाडौं: दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।
दक्षिण कोरियामा बस्दै आउनुभएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै एनआईसी एशिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नुहुनेछ ।
उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
कोरियामा बसोबास गरिरहनुभएका नेपाली महानुभावहरूले सेन्टबी रेमिटको वेबसाइट सेन्टबी रेमिटको वेबसाइट सेन्टबीडटकम तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नुहुनेछ ।
यस बैंकले मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ् मार्फत् बैंकिङ् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस १ बुधवार १२:०३




















