नयाँ वर्षको पहिलो कारोबारमा शेयरबजार परिसूचक नेप्सेमा सकारात्मक
वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:००
834
sharesकाठमाडौं: नयाँ वर्षको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ४ दशमलब ७ अंकले सकारात्मक देखिएको छ । जलविद्युत, वित्त, जीवन बीमा र जलविद्युत समूहका परिसूचक नकारात्मक रहेपनि बाँकी सबै समूहका परिसूचकमा आएको सुधारले समग्र नेप्से परिसूचक ४ दशमलब ७ अंकले बढेर १ हजार १ सय ८८ दशमलब ७१ अंकमा पुगेको हो ।
वैशाखपछि बजार बढ्ने अपेक्षा गरिएपनि पहिलो कारोबारको सुरु भएको लामो समयसम्म परिसूचक रातो भएर अन्तिम ४० मिनेटमा सकारात्मक बनेको थियो । गत वर्षभरमा शेयरबजार परिसूचक २ सय ५१ अंकले घटेको थियो । १ सय ६५ कम्पनीका ९ लाख ६४ हजार ५ सय ९८ कित्ता शेयर ५ हजार ४ सय ५ वटा कारोबारबाट ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैंयाँमा किनबेच भएको छ ।
नयाँ वर्षको पहिलो दिन दोस्रो बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर प्यान राखेर ४१ जना लगानीकर्ताले ५६ वटा शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । पाँच लाख रुपैंयाँभन्दा माथिको कारोबार प्यानमार्फत् गरेका लगानीकर्ताले साँढे तीन करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । अहिलेसम्म १४ हजार ५३ जना लगानीकर्ता दोश्रो बजारमा कारोबारका लागि प्यानमा दर्ता भएको स्टक एक्स्चेन्जले जनाएको छ ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ११:००