एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:५९
879
sharesकाठमाडौं: एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने नेपाल बैकर्स एसोसिएसनले बताएको छ । सरकारी खर्च वृद्धिका साथै निर्माण व्यवसायीले पाएको भुक्तानीसमेत बैंकिङ प्रणालीमा आउन थालेको भन्दै एशोसिएशनले व्याजदर घट्ने बताएको हो ।
बैंकमा निक्षेप तथा बचतमा वृद्धिसंगै आधार दरमा कमि आउने र यसको प्रभावस्वरुप व्याजदर घट्ने बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताए । बैंक व्याजदर उच्च भएको भन्दै उद्योगीहरुले निरन्तर रुपमा आन्दोलन गरिरहेका थिए । उच्च बैंक व्याजदरको असर शेयर वजारमा समेत देखिंदै आएको छ ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार १०:५९