बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १४:१५
1.2K
shares
काठमाडौं: बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५०७ औं बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो ।
सोही बैंठकले राज सुन्दर श्रेष्ठलाई कम्पनीको सचिवमा नियुक्त गरेको छ । सोमबार कार्तिक १७ गते सम्पन्न कम्पनीको ५०७ औं बैठकले रिक्त रहेको महिला सञ्चालक पदमा संस्थापक समूहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १४:१५



















