YouTube Link

माछापुच्छ्रे बैंकको २२औं वार्षिक साधारण सभा स्थगित

Facebook Link

काठमाडौं:  माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते हुने भनिएको २२औं वार्षिक साधारण सभा स्थगित भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकको २२ औं साधारण सभा कात्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो । बैंकले कोरोना भाईरस संक्रमणमा भईरहेको वृद्धि तथा आसन्न चाडपर्वको कारण  सेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

साथै, बैंकको पछि बस्ने २२ औं वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई २४ करोड १० लाख ८० हजार रुपैयाँ (अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ । उक्त साधारण सभा स्थगित हुँदा कोरोना भाईरस महामारिका कारण सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ७.०३ प्रतिशत बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...