कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कबिच सम्झौता
वि.सं.२०७७ असोज १९ सोमवार १४:१४
1.6K
shares
काठमाडौं: कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गर्नु भएको छ । कुमारी बैंकका ग्राहकहरूले होटेल ल्याण्डमार्क समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्ने बैंकले विश्वास लिएको छ ।
कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३० प्रतिशत, विशेष प्याकेजहरुमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशतसम्मको छुट लगायत सोही होटेलका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७७ असोज १९ सोमवार १४:१४



















