प्रभु बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता
वि.सं.२०७७ असोज १८ आइतवार १७:४८
1.4K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
यस सम्झौता अनुसार बैंकले स्प्यारो पेलाई भर्चुअल मेसिन उपलब्ध गराउने छ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिंक गर्ने, ई बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ्ग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ ।
यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् ।
वि.सं.२०७७ असोज १८ आइतवार १७:४८




















