बैंक अफ काठमाण्डूको गत आर्थिक वर्षको लाभांश घोषणा
वि.सं.२०७७ असोज १५ बिहीवार १७:१०
काठमाडौं: बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको असोज १४ गतेको बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुले पाउनेछन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले सेयरधनीलाई ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ ।
वि.सं.२०७७ असोज १५ बिहीवार १७:१०