खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा किन्ने
वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:५१
1.6K
shares
काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी दसैंकालागि खसीबोका र च्याङ्ग्रा किन्ने तयारीमा जुटेको छ। कोरोना भाईरस संक्रमणका कारण आर्थिक सामाजिक क्षेत्र शिथिल भए पनि नेपालीले दशैं राम्रैसँग मान्ने अनुमानमा गर्न सकिने भएको छ ।
महिनौंदेखि लकडाउन र निषेधाज्ञाका कारण यसपटकको दशैंमा खसीबोका र च्याङ्ग्रा नपाइने हो की भन्ने अनुमान लगाउन थालेका थिए । खाद्य कम्पनीले असहजताका बाबजुद खसी-च्याङ्ग्रा ल्याउने निर्णय गरेसंगै उपत्यकाबासीले निराश हुनुनपर्ने भएको छ ।
संस्थानले दसैंका लागि ६ करोड रूपैयाँ बराबरका १६ सय खसीबोका र १४ सय वटा च्याङ्ग्रा ल्याउन लागेको हो । यसमध्ये खसीबोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्रा किन्न २ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको कम्पनीले जनाएको छ ।
यो वर्ष दसैं ढिला भएकाले चाडै ल्याएर स्टक राख्न गाह्रो हुने हुँदा दसैं सुरु हुनु केही दिनअघि मात्रै कम्पनीका खसीबोका र च्याङ्ग्रा काठमाडौं आइपुग्ने छन् ।
कम्पनीले सोझै किसानहरुबाटै खसीबोका खरिद गर्न जिल्ला खाद्य तथा व्यवस्था समितिले मूल्य तय गर्ने साथै खरिद गरिएका चौपाया काठमाडौंसम्म ढुवानी गर्न टेन्डर निकालेर ठेक्का दिइने कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:५१



















