एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल थप
वि.सं.२०७७ साउन २२ बिहीवार १५:०७
1.3K
shares
काठमाडौं: एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल थप भएको छ ।
एनसीसी बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १ गते कार्यकाल सकिन लागेका अर्याललाई अर्को चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको छ ।
एनसीसी बैंकमा विगत २४ वर्षदेखि कार्यरत अर्याल २०७२ पुस १४ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । २०७३ असोज १ गते अर्याल उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।
अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए ।
वि.सं.२०७७ साउन २२ बिहीवार १५:०७



















