प्रधानमन्त्री केपी शर्मा ओलीले खोले मुख, संसद विघटन गर्नु यस्तो रैछ वाध्यता
वि.सं.२०७७ फागुन ३ सोमवार १९:१२
1.5K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि कदम चाल्नु आफ्नो बाध्यात्मक परिस्थिति भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले जनतासँग गरेको कबुल पूरा गर्न नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गर्नुपरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायत नेताहरुलाई लक्षित गर्दै ओलीले उनीहरुले काममा व्यवधान गरेका कारण निर्वाचनमा जानु परेको बताए ।
सोमबार सिंहदरबारस्थित पुनर्निर्माण भएको प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै यस्तो परिस्थिति आउनुमा दाहाल नेपाल पक्ष जिम्मेवार रहेको समेत बताए । भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालको हालसम्मको उपलब्धिबारे ब्रिफिङ समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समानान्तर सत्ता सञ्चालन गर्नखोज्नेहरुलाई परास्त गर्न आफूले विघटनको कदम चालेको बताएका हुन ।
आफूलाई आफ्नै पार्टीका सहकर्मीहरुले काम गर्न नदिएको बताउदै प्रधानमन्त्री ओलीले सोही कारण गठबन्धन सरकारको जस्तो नियती भोग्नुपरेको बताए ।
वि.सं.२०७७ फागुन ३ सोमवार १९:१२




















