Texas College
YouTube Link

मिक्लाजुङमा विप्लव कार्यकर्ता खोज्दै जंगल पसे प्रहरी

Facebook Link

मोरङ : मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न प्रतिवन्धित नेकपा कार्यकर्ता खोज्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जंगल पसेको छ ।

स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘सर्च अपरेसन’ चलाएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन गरिरहेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ मा रहेको बर्खे जंगलमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च अपरेसन’ जारी राखिएको प्रहरीले जनाएको छ । विप्लव समूहले स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोही जंगलमा हत्या गरेपछि उनीहरुको खोजी गर्न ‘सर्च अपरेसन’ गरेको हो ।

श्रेष्ठलाई सुराकीको आरोप लगाउँदै विप्लव समूहले अपरहण पछि मंगलबार बिभत्स हत्या गरेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ । श्रेष्ठको आज अन्त्योष्टी गर्ने तयारी रहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मंगलबारबाटै ‘सर्च अपरेसन’ मा खटेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘बर्खे जंगल भौगोलिक हिसाबले निकै विकट छ । हाम्रो ‘सर्च अपरेसन’ जारी छ । अहिलेसम्म कोही पक्राउ पर्न सकेको छैन ।’ मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सीमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो ।

शिक्षक श्रेष्ठकै हत्या भएको क्षेत्रबाट केही अघि प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो । सो क्षेत्र विप्लव समूहको गतिविधी बढी हुने क्षेत्र मानिन्छ ।

विकट क्षेत्र भएकाले उनीहरुले सो क्षेत्रमा आफ्ना विभिन्न गतिविधि अगाडि बढाएका छन् । शिक्षक श्रेष्ठको हत्यापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । तीन वटा सुरक्षा निकायको प्रमुख सहभागी बैठकले विप्लव समूह व्यक्ति हत्यातर्फ केन्द्रित भएको निष्कर्ष निकाल्दै समूहप्रति थप निर्मम बन्ने निर्णय गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...