YouTube Link

महासंघको निर्वाचनमा शतप्रतिशत मतदान

Facebook Link

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिले महासंघका जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फ शतप्रतिशत मत खसेको जनाएको छ ।

 

महासंघमा जिल्ला/नगरतर्फ १०५ मतदाता छन् भने वस्तुगततर्फ १०१ मतदाता छन् भने एसोसिएटतर्फ ९ सय ४ मतदाता छन् । वस्तुगततर्फको मतदान महासंघ केन्द्रीय कार्यालय टेकुमा भएको थियो । एसोसिएटफर्तको मतदान कार्की व्यांकेट बबरमहलमा र जिल्ला/नगरतर्फको मतदान नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा भएको थियो ।

 

यो निर्वाचनले महासंघको आगामी कार्यकालको लागि एक वरिष्ठ उपाध्यक्षसहित जिल्ला/नगर, वस्तुगत र एसोसिएटतर्फबाट एक एक जना उपाध्यक्ष निर्वाचित गर्नेछ । यस्तै, कार्यकारिणी सदस्य पदमा ६० जनालाई निर्वाचित गर्नेछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्थाको कारण शेखर अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्नेछन् ।

 

वरिष्ठ उपाध्यक्ष पदमा भने चन्द्र प्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् । ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

प्रधानको प्यानलबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गरिरहेका छन् । मतदान शतप्रतिशत सम्पन्न भएकोले अब मतगणनाको प्रक्रिया सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19675/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...