Texas College
YouTube Link

ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता,

Facebook Link

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताउनुभएको छ ।

 

‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको टीमले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघको तर्फबाट नीतिगत रुपमा व्यवसायीक मैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्नेछ ।’

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताउनुभयो ।
उहाँले उक्त दौडका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको र सफल हुने दावी गर्नुभयो ।

 

ढकाल प्यानलबाट आज नै विभिन्न व्यक्तिहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाट आजै अकोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेको एक सदस्यका प्रत्यासीले बताउनुभयो ।

 

यसैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आआफ्नो उम्मेदवारी गर्दा गराउने जानकारी सोही टीमले दिएको छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार

 

साथै बाँकी केही साथीहरुले पनि केहीदिनभित्रै सदस्य पदमा उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीले जानकारी दिनुभयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...