नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्दै
वि.सं.२०७७ असोज २२ बिहीवार १२:४८
3.5K
shares
काठमाडौ : नेपाली काँग्रेसको फागुनमा हुने भनिएको १४औँ महाधिवेशन सर्ने भएको छ ।
महाधिवेशन तयारी गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएपछि तोकिएको समयमा गर्न नसक्ने भएपछि मिति सार्ने तयारी पार्टीले गरिरहेको छ ।
महाधिवेशन तयारीका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य धेरै जिल्लामा जारी रहे पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा सदस्यता वितरण कार्य अगाडि बढ्न सकेको छैन ।
काँग्रेसको साउन २२ मा बसेको पदाधिकारी बैठकले १४औँ महाधिवेशन गर्न क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
१४औँ महाधिवेशनको कार्यतालिका यही असोज २५ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकले परिमार्जन गर्ने बताएको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार १२:४८




















