YouTube Link

सभापति बिरुद्ध पौडेलपक्षद्वारा बिरोधपत्र दर्ता

Facebook Link

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयको विरोध गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज सोमबार पार्टी कार्यालयमा विरोधपत्र दर्ता गरेको छ ।

लामो समयदेखि पार्टीभित्र सभापति देउवाले मनोमानी ढंगले पार्टी संचालन गरेको भन्दै बिरोध गर्दैै आएको पौडेल समूहले हिजो आइतबार विरोधपत्र दर्ता गर्ने भनिएपनि समयअभावको कारण भन्दै हिजो विरोधपत्र दर्ता गर्न सकेको थिएन । हिजो गर्ने भनिएको विरोधपत्र दर्ता गर्ने कार्य पार्टीका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले हस्ताक्षर नगरेकाले हुन सकेको थिएन ।

आज पार्टी कार्यालय सानेपामा बिरोधपत्र दर्ता गर्दै पौडेल समूहले पार्टी विधिसम्मत तरिकाले संचालन गर्न सभापति देउवालाई आग्रह गरेका छन् ।

बिरोधपत्रमा बरिष्ठ नेता पौडेलका साथै पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा रामशरण महत, छन् ।

यस्तै, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह के.सी, बलबहादुर के.सी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा. शेखर कोइराला, दीपक गिरी, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ्ग, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव, सरिता प्रसाईं, छन् ।

यसअघि हिजो आइतबार बिरोधपत्र दर्ता गर्ने कुरा रहे पनि बरिष्ठ नेता पौडेल र सिटौलाबीच कुरा नमिल्दा त्यो काम हुन सकेको थिएन ।

बिरोधपत्रमा पौडेल समूहका २७ नेताहरुको हस्ताक्षर रहेको छ । हेर्नुहोस बिरोधपत्रको पूरा अंश :

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...