नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०,४८३ पुग्यो
वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:५२
1.5K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा देखिएका ८ सय ३८ जना कोरोना भाइरसको संक्रमित सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ५० जना सहित नेपालमा हालसम्म १८ हजार २ सय १४ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १ सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ ५ शुक्रवार १६:५२




















