१४ वर्षअघि जिउदै मान्छे जलाउने आलमको मुद्धाको सुनुवाई हुँदै
वि.सं.२०७९ वैशाख २ शुक्रवार १२:२१
2.2K
shares
काठमाडौं: पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा जिउदै मान्छेलाई ईट्टाभट्टामा हालेर जलाएको अभियोग लागेका महोम्मद अफ्ताब आलमको मुद्धाको सुनुवाई आज हुँदैछ ।
लामो समयदेखि स्थगित हुँदै आएको मुद्धाको आज सुनवाई हुन लागेको हो । आज आलमको मुद्धा ७ नम्बरको संयुक्त बेञ्चको पहिलो नम्बरमै राखेर सुनुवाई हुँदैछ ।
२०६४ फागुन २७ गते रौतहटजिल्लाको राजपुर हत्याकाण्डको रुपमा चर्चित उक्त घटनामा आलमले जिउदै मान्छेलाई ईट्टा भट्टाममा हालेर जलाउने काम गरेका थिए ।
बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका आठ जनालाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतका साथै उच्च अदालतले समेत आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
तर उनको पछिल्लो मुद्दा लामो समयदेखि स्थगित हुँदै आएको थियो । यसअघि आलमको मुद्दाको पेसी कहिले हेर्न नमिल्ने र कहिले हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।
७३ नम्बरको थुनुवाबाटै उनले आफूलाई थुनामा पठाउने रौतहट जिल्ला, वीरगञ्ज उच्च अदालतको आदेश खारेजीको माग गर्दै निवेदन दर्ज गरेका हुन् ।
आलमले पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको राजपुरमा भएको बम विष्फोटनमा संलग्न २० जनाभन्दा धेरैलाई इँटाभट्टामा हालेर ज्यान लिएका थिए ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १२:२१



















