खोटाङका किसानले गरे बाँदरलाई परिवार नियोजन गर्न माग
वि.सं.२०७६ चैत ३ सोमवार १०:५५
1.4K
shares
खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्याली प्रदर्शन गरेका छन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारा समेत लगाएका थिए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हुलाकडाँडाबाट शुरु भएको विरोध र्याली त्रिवेणीचोक हुँदै नगरपालिका पुगेको थियो । र्यालीपछि सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै सहभागीले बितण्डा मच्याउने बाँदरलाई तारजालीको खोरमा थुन्ने व्यवस्था मिलाउन आवश्यक बजेटको समेत माग गरेका थिए । ती किसानले गत मङ्सिर २९ गते बाँदरको ‘परिवार नियोजन’को विधि खोजेर बाँदर नियन्त्रण गर्न नगरपालिकालाई गुहारेका थिए ।
वि.सं.२०७६ चैत ३ सोमवार १०:५५




















