YouTube Link

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण थालियो

World Cup 2026
Facebook Link

मेलम्चीः बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण थालिएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवर्क्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो ।

सुरुङ मार्गको हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङमार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण गरिएको हो । सुरुङ मार्गको निरीक्षणपछि खानेपानी मन्त्री बिना मगरले बर्षौको प्रतीक्षा अन्यौलताको बाबाजुद पनि आयोजनाको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको र अब कुनैपनि कारणले आयोजना नरोकिने बताएका छन् ।

मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी पाएको सिनो हाइड्रोले जिम्मा लिएका काममध्ये हेडवर्क्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको काम सप्लाई १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएकोले यी कामहरु पानी वितरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको र आगामी जेष्ठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य सहित आयोजना खण्ड-खण्ड रुपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरि बाँकी निर्माण कार्यहरु केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा बाँकी निर्माण कार्य सम्पन्न भएपछि पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको आयोजना प्रमुखले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...