ईटाली फुटबल महासंघद्वारा युरोकप स्थगित गर्न माग
वि.सं.२०७६ चैत ३ सोमवार ०९:२६
1.8K
shares
एजेन्सीः ईटाली फुटबल महासंघले सिरि ए फुटबलको सिजन पुरा गर्न युरो २०२० स्थगित गर्न आह्वान गरेको छ । कोरोना भाईरसका कारण स्थगित सिरि एको बाँकी खेल पुरा गर्न युरोकप स्थगित गर्न ईटालीको माग छ । महासंघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफुले सो प्रस्ताव लैजाने बताएका छन् ।
सिरि ए फुटबल गत मंगलबारबाट स्थगित छ । भाईरसका कारण ईटालीले सबैभन्दा ठुलो घाटा ब्यहोरेको छ । युईएफले मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसंग छलफल गर्दैछ । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म सञ्चालन गर्ने तयारी छ । ईटालीको फुटबल महासंघले यसअघि सिरि एको सिजन पुरा हुन नसक्ने बताएको थियो । तर ग्रेविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आश व्यक्त गर्न थालेका छन् । पुर्व तालिका भन्दा एक महिना ढिलो गरि लिग सक्ने महासंघको विश्वास छ । ईटालीले तत्काल खेलाडीलाई कुनै प्रकारको ट्रेनिङमा सहभागी नहुन सुझाव दिएको छ । ईटालीमा कोरोनाका कारण आईतबारसम्म ३ सय ६८ जनाको मृत्यु भईसकेको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार ०९:२६




















