YouTube Link

कोरोना संक्रमण फैलिन नदिन कतारमा सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा, दुई हजार नेपाली क्वारेन्टाइनमा

Facebook Link

काठमाडौं: कोरोना भाइरसका कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । देशभर कोरोना भाइरसको संक्रमण फैलिन नदिन कतारले यस्तो घोषणा गरेको हो । कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएको निर्देशन अनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दको घोषणा गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दोहाका लागि कुनैपनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएको छ । यो प्रतिबन्ध दुई हप्तापछि पूनरावलोकन गरिनेछ । यद्यपि, हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूको उडानलाई भने अनुमति दिइनेछ । त्यस्ता उडानहरूमा आउनेहरू दुई हप्ताको लागि क्वारन्टाइनमा बस्नुपर्ने छ ।

लोल्वा अल खटरले दोहा मेट्रो र कारवा बसहरूसहित सार्वजनिक यातायात गएराति १० बजेदेखि सञ्चालन बन्द भएका बताए । यसैबीच, कतारले कोरोनाको संक्रमणलाई थप फैलिन नदिन झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । यसमा करिब दुई हजार नेपाली कामदार पनि छन् । जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत कामदारलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...