YouTube Link

स्पेनमा प्रधानमन्त्री पत्नी कोरोना संक्रमित, साढे चार करोड क्वारेन्टाइनमा

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई कोरोना संक्रमण भएको छ । परीक्षण गर्दा बेगोनालाई कोरोना पोजेटिभ देखिएको स्पेनिस स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका हुन् । दुई जना मन्त्रीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित मन्त्रीमा इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् ।

प्रधानमन्त्री सान्चेसले कोरोनाको संक्रमण बढेकाले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन् । उनले यो व्यवस्था दुई सातासम्म रहने बताए । नियम उल्लंघन गर्नेलाई ३ महिनादेखि १ वर्षसम्म जेल सजायँ र पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुने चेतावनी पनि दिइएको छ ।

सरकारले शुक्रबारदेखि नै मुलकभर संकटकाल घोषणा गरेको छ । युरोपमा इटालीपछि स्पेन कोरोनाबाट बढी प्रभावित छ । स्पेनमा १९६ मृत्यु भैसकेको छ भने ६ हजारभन्दा बढी मानिस संक्रमित छन् । त्यहाँ रहेका नेपालीमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...