खाली रङ्गशालामा टोकियो ओलम्पिकको टर्च र्याली हुने
वि.सं.२०७६ चैत ३ सोमवार ०७:३६
1.6K
shares
काठमाडौं: टोकियो ओलम्पिकको टर्च र्याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ । विश्वभर कोरोना भाइरस महामारीको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च र्याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ । सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो । यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको हो । ग्रिसमा अहिलेसम्म २ सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार ०७:३६




















