दश बुँदे समझदारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच औपचारिक एकता
वि.सं.२०७६ फागुन २८ बुधवार १७:४०
2.6K
shares
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकता भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोह मार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो । शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।
पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धार्मिक ग्रन्थ ‘गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ भनि प्रतिज्ञा गरे । विगतमा पटक पटक पार्टी फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भएपनि विगतका आग्रह पूर्वाग्रहबाट माथि उठी नकारात्मक सोच त्यागी एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न थापाले नेता कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष थापाले अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको बताउँदै ब्रम्हलुटमा सत्तारुढ मात्र छैन, प्रमुख मतियारको रुपमा प्रतिपक्षी नेपाली कांग्रेस पनि उत्तिकै सहभागी भएको बताए । यस्ता घटनाबाट निराश नेपाली जनाताले अब भोट हाल्ने पार्टीको रुपमा राप्रपालाई पाएको र राप्रपा परिवर्तनविरोधी शक्ति नभएको भन्दै राप्रपालाई भरोसा गर्नुहोस्, स्वोदेशमा काम नपएर विदेशमा पसिना बगाउने नेपाली जनातालाई केही वर्षभित्र नेपाल फर्काउने साथै भ्रष्टाचारमा मुछिएकालाई कानूनको कठघरमा उभ्याउने, प्रतिज्ञा गरे ।
पार्टी एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
वि.सं.२०७६ फागुन २८ बुधवार १७:४०




















