YouTube Link

कोरोना महामारीको संक्रमण १ सय ३ देशमा फैलियो

Facebook Link

काठमाडौं: दुई महिना अघि चीनमा देखा परेको कोरोना भाइरसको संक्रमण एक सय भन्दा बढी देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शनिबा सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ । चीनमा भने संक्रमितको संख्या घट्दै गएपनि इरान र इटालीमा भने तीब्र रुपमा फैलिदै गएको जनाएको छ ।

चीनमा अहिले सम्म मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै ८० हजार ६ सय ९६ जना मानिसमा यसको संक्रमण रहेको र ५७ हजार ८३ जना संक्रमितको उपचार भएको पनि चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनपछि इटालीमा सबै भन्दा बढी यसबाट प्रभावित भएका छन् । इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ । त्यस्तै शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको र मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ ।

इरानमा १ सय ४५ जनाको ज्यान गएको छ भने त्यहाँ ५ हजार ८ सय २३ जना संक्रमित भेटिएको जनाइएको छ । दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने ७ हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ । युरोपेली देशहरु फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा पनि यसको संक्रमण तीब्र रुपमा फैलिरेहको छ । त्यस्तै जापानमा पनि यसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन् ।

यसको संक्रमण अर्जेन्टिनामा पनि पुगेको छ । अर्जेन्टिनामा एक जनाको ज्यान गएको छ । हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेका छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ हजार ६ सय छ भने विगत २४ घण्टामा १ सय ६ जनाको ज्यान गएको छ । त्यस्तै ६० हजार एक सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...