कोरोना संक्रमणको आशंका गरिएका एक नेपाली फरार
वि.सं.२०७६ फागुन २२ बिहीवार १६:०६
1.3K
shares
काठमाडौं: कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली नागरिक अस्पतालबाट फरार भएका छन् ।
कोरियाबाट फर्केका ती नेपाली नागरिकलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरोनाको आशंका गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लागिएको थियो । साधरण चेकजाँचपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।
अस्पतालले सो व्यक्ति भागेको जानकारी गराएपछि अहिले उनको खोजिका लागि उपत्यकाबाट बाहिरिने सबै नाकामा कडाईका साथ निगरानी बढाई खोजी कार्य जारी रहेको काठमाडौं प्रहरी पेरिसर स्रोतले जानकारी दिएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १६:०६



















