श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग, राजनीतिक संकट उत्पन्न
वि.सं.२०७६ फागुन २० मंगलवार ०८:०९
1.1K
shares
एजेन्सीः श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ । संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिलमा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन् ।
सरकारी विभागका अनुसार राजपक्षले आइतबार आधिरातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका थिए । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्नका लागि कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ र यो अवधि आइतबार राति पूरा भएको हो ।
सरकारी सूचनाका अनुसार आउँदो वैशाख १३ मा हुनेछ र जेठ १ गते संसद्को पहिलो सत्र शुरु हुनेछ । दुई वर्ष अघि पनि प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद् भङ्ग गरेका थिए ।
वि.सं.२०७६ फागुन २० मंगलवार ०८:०९



















