Texas College
YouTube Link

विश्वभरिमा कोरोना भाइरस ‘कोभिड-१९’ का कारण मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो, विश्वभरि झन्डै ९० हजार जनामा संक्रमण

Facebook Link

काठमाडौं: चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ‘कोभिड-१९’ का कारण चीनमा मात्र यस भाइरसका कारण २ हजार ९ सय १२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ ।

उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिन थालेको थियो । चीन बाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ । इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोब्बर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा संक्रमण भएको पुष्टि भएको छ ।

विश्वभरि झन्डै ९० हजार जनामा संक्रमण भएको पुष्टि भएको छ । अहिले चीनमा संक्रमणको दर घटेको भए पनि अन्यत्र ह्वात्तै बढेको छ । तर संक्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसको भनाइ छ ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपत्कालीन बैठक बोलाएको छ । चीनपछि सर्वाधिक संक्रमण देखिएको दक्षिण कोरियामा थप पाँच सय जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २ सय १२ मा सङ्क्रमण भएको सरकारी तथ्यांक रहेको समाचारमा जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...