जाने होइन त शान्त मनोरम वातावरण भएको ‘कर्माज लेजर इन रिसोर्ट’
वि.सं.२०७६ फागुन १९ सोमवार २३:०५
1.8K
shares
काठमाडौं: लामो समयदेखि होटल रेष्टुरेन्ट व्यवसायमा लागेका केहि जागरुक युवाले काठमाण्डौको बौद्ध पिपलबोटस्थित तामाङ गुम्बाबाट केहि मिनेटको दुरीमा आधुनिक किसिमको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । सात रोपनी जग्गामा फैलिएको उक्त रिसोर्टको नाम ‘कर्माज लेजर इन रिसोर्ट’ रहेको छ ।
शान्त मनोरम वातावरण भएको स्थानमा सञ्चालनमा आएको रिसोर्टमा आउने पाहुनाहरुको ध्यानलाई मध्यनजर गर्दै सोहि अनुसारको सेवा सुविधा प्रदान गरिने रिसोर्टका निर्देशक राजन उप्रेतीले बताए । अर्का निर्देशक मनिष ढकाल भन्छन्- एकै प्रकारका खानाको स्वाद लिईरहेका ग्राहकलाई फरक–फरक परिकारका स्वादको नयाँपन पस्कने उदेश्यले हामीले ‘कर्माज लेजर इन रिसोर्ट’ सञ्चालनमा ल्याएका छौं ।

हेर्दा निकै आकर्षक ‘कर्माज लेजर इन रिसोर्ट’मा जाने ग्राहकले भिन्न-भिन्न खानाका परिकारको स्वादसँगै रीसोर्टमा आयोजना गरिने गीतसंगीतको पनि मनोरञ्जन लिन सकिने निर्देशकद्वय उप्रेती र ढकाले जानकारी दिए । कर्माज इनभित्र खान र बस्नको सुविधासँगै पौडी पोखरी, सउना, आउटडोर कफी सप, सञ्चालनदेखि जुम्बा नृत्य लगायतका विविध किसिमका मनोरन्जनात्मक कार्यक्रमको आनन्द लिन सकिने रिसोर्ट संचालक प्रमुख सन्तोष थापाले जानकारी दिए ।

दिनभरिको थकान र कामको बोझबाट केहि समय टाडा बसेर रमाइलो वातावरणको मनोरञ्जन लिन ‘कर्माज लेजर इन रिसोर्ट’ राम्रो गन्तव्य बन्ने सञ्चालक थापाको दावी छ । उक्त रिसोर्ट यहि फाल्गुण २३ गते शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ हुँदैछ ।
वि.सं.२०७६ फागुन १९ सोमवार २३:०५



















