YouTube Link

१०३ दिनपछि थुनामुक्त भए पूर्वसभामुख कृष्ण बहादुर महरा

Facebook Link

काठमाडौं: संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयासको मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका महरा सफाइको फैसलासँगै आफूले न्याय पाएको प्रतिकृया दिएका छन ।

अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद सजाय भुक्तान गरिरहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला लगायतले खादा र माला लगाएर बिदाई गरेका थिए ।

मुद्दालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । बलात्कारको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।

असोज १९ गते महाअष्टमीका दिन सरकारी निवास बालुवाटारबाट पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउन आदेश दिएको थियो । ३ महिना २० दिनपछि थुनामुक्त भएका महरा अदालतको फैसलापछि प्रसन्न मुद्दामा शुभेच्छुकसँग खुशी साटेका थिए । उनलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले पनि स्वागत गरेका थिए । मुद्दा फैसला भएपछि अदालत परिसरमा शुभेच्छुक तथा नेकपाका नेता कार्यकर्ताको उपस्थिती बाक्लो हुँदै गएपछि भिड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज समेत भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...