ईङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेडको जित
वि.सं.२०७६ फागुन ६ मंगलवार ०७:५३
1.2K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई हराएको छ । सोमबार राती भएको खेलमा घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । खेलमा मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६औ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।
घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे । बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए । शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ ।
वि.सं.२०७६ फागुन ६ मंगलवार ०७:५३




















