YouTube Link

२६औं संस्करणको क्यान इन्फोटेक सुरु, प्रदर्शनीमा १ सय ७४ वटा स्टल

Facebook Link

काठमाडौं: नेपालकै ठूलो प्रविधि प्रदर्शनी क्यान इन्फोटेक सुरु भएको छ । सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलन क्यान इन्फोटेको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरे । २६औं संस्करणमा मेलामा मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पभेलियनमा राखिएको छ भने प्रविधि कम्पनीको उत्पादनसहित ब्रान्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको छ ।

मेला बुधबारसम्म चल्ने छ । प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । यस्तै, सूचना प्रविधी (आईसीटी) पढाइ हुने कलेजका प्रोजेक्टलाई पनि अलग्दै पभेलियनमा राखिएको छ । गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेकोमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि खरिद गर्न सकिन्छ ।

यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मुख्य सहरमा विस्तार गर्ने आयोजकले जनाएको छ । यस अन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को वुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको क्यान महासंघले जनाएको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

मेलाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताए । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने उनको दाबी छ । मन्त्री बाँस्कोटाले डिजिटल इकोनोमीलाई अगाडि बढाउने हो भने यस कानुनको आवश्यकता पर्ने बताए । उनले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहले विधेयकको विरोध गरेको बताए ।

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दौ अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै काम गर्न तयार रहेको बताए ।

सो अवसरमा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले राखेको १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको भन्दै सूचना प्रविधि क्षेत्रको विकासको लागि आवश्यक सहयोग सरकारले गर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडि बढेको जानकारी गराए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...