फेब्रुअरी १४ मा मोजो होटलमा कविता महोत्सव हुँदै
वि.सं.२०७६ फागुन १ बिहीवार ०८:३९
1.7K
shares
पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटीक होटलमा यहि फेब्रबरी १४ अर्थात भ्यालेन्टाइनका दिन कविता बाचन हुन लागेको छ ।
प्रत्येक बर्षका हरेका महोत्सव र चाडपर्वहरुमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दे आएको मोजो होटले यसपाली भने कविता वाचन एकदिने महोत्सव गर्न लागेको मोजो होटलका महाप्रवन्धक मनिष ढकालले जानकारी दिएका छन्
कविता महोत्सवमा एकसय जनाको सहभागिता हुनेछ भने नेपालमा नाम चलेका चर्चित व्यत्तिहरु संविधानविद् डा भिमार्जुन आचार्य, अवकासप्राप्त प्रधानसेनापती रुक्माङगत कटुवाल, सामाजिक अभियन्ता अनुराधा कोइराला, गायिका कोमल वली, साहित्यकार प्रकाश सायमी र कलाकारहरुको सहभागिता रहेने महाप्रवन्धक ढकालले बताए ।
कार्यक्रमको आयोजना शुभदिन इभेन्टले गर्न लागेको हो ।
वि.सं.२०७६ फागुन १ बिहीवार ०८:३९




















