लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश
वि.सं.२०७६ माघ २२ बुधवार ०९:२०
1.3K
shares
एजेन्सीः लिभरपुल एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिग वान क्लब श्रीउजवरी टाउनलाई १-० ले पराजित गर्दै लिभरपुल पाँचौ चरणमा पुग्न सफल भएको हो ।
घरेलु मैदानमा लिभरपुललाई पाँचौ चरणमा पुर्याउन दोस्रो हाफमा रो साउन विलियम्सले गरेको आत्मघाती गोल नै निर्णाक बन्यो । दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेको थियो । प्रतिस्पर्धात्मक दोस्रोमा दुवै टोलीले गोलको अवसर खेर फालेको थियो । ७५औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बनायो । निको विलियम्सको लामो पासमा रो साउन र गोलरक्षकबीच तालमेल नमिल्दा रो साउनले आत्मघाती गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल १–० ले विजयी हुदै पाँचौ चरणमा प्रवेश गर्न सफल भयो ।
यसैगरी डर्वीले नर्थह्याम्पटनलाई ४–२ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गर्न सफल हुदा न्यु क्यासलले अक्सफोर्ड युनाइटेडलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको छ ।
वि.सं.२०७६ माघ २२ बुधवार ०९:२०




















