YouTube Link

सनराइजको नाफा बढ्यो, ६ महिनामा ९४ करोड

World Cup 2026
Facebook Link

काठमाडौं: सनराइज बैंकले नेप्सेको वर्गीकरणलाई साबित गर्दै बैंकले दोस्रो त्रैमासमा उल्लेख्य प्रगतिको रिपोर्ट सार्वजनिक गरेको छ । सनराइज बैंकले यो आर्थिक वर्षको पुससम्म आफ्नो खुद नाफालाई बढाएर ९४ करोड रुपैंया पुर्याएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष पुससम्म बैंकको नाफा ७९ करोड रुपैंया थियो ।

बैंकले पुस मसान्तसम्ममा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८९ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७÷७ बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७४ अर्ब ४३ करोड र कर्जा ६८ अर्ब ८६ करोड रुपैंया थियो ।
पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ९४ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैंयाले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८१ करोडले बढाएर ८ अर्ब ९६ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ८५ करोड रहेको देखिएको छ ।

सनराइज बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४९ करोडबाट बढेर ४ अर्ब ९६ करोड पुग्दा ब्याज खर्च २ अर्ब ७७ करोडबाट २ अर्ब ९१ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । कर्मचारी खर्च भने ५२ करोडबाट बढेर ७० करोड र अन्य सञ्चालन खर्च करिब २६ करोडबाट ३१ करोड रुपैंया पुगेको देखिएको छ ।

पुस मसान्तसम्म सो बैंकको पुँजीकोष अनुपात १७.१४ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १.६९ प्रतिशतबाट १.२६ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...