रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३६
1.2K
shares
एजेन्सीः रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । रियल जारागोजामाथि ४–० को सहज जित निकाल्दै रियलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
राफेल भरानो, लुकास भाजक्वेजले पहिलो हाफमा एक एक गोल गर्दै रियललाई २–० ले अघि बढाएका थिए । दोस्रो हाफमा भिनिसियस जुनियर र वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले समान एक एक गोल गर्दै रियललाई सहज जित दिलाएका हुन् । रियल स्पेनिस लिगको शीर्ष स्थानमा छ । उसले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । रियलले मड्रिड डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्दैछ ।
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३६



















