सभामुख अग्नी सापकोटा विरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
वि.सं.२०७६ माघ १३ सोमवार १०:५५
1.2K
shares
काठमाडौं: नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो । आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो । हिजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् ।
वि.सं.२०७६ माघ १३ सोमवार १०:५५



















