Texas College
YouTube Link

चीनमा कोरोना भाइरसबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि देखियो सङ्क्रमण, डब्‍ल्‍यूएचओद्वारा आपत्कालिन बैठक आव्हान

Facebook Link

एजेन्सीः चीनमा भेटिएको रहस्यमयी कोरोना भाइरस नाम दिइएको रोगबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । कोरोना भाइरस अझै फैलन सक्ने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । उनीहरुका अनुसार चीनमा सो भाइरसबाट ४ सय ४० जनालाई संक्रमण भएको बताएको छ ।

नेशनल हेल्थ कमिसनका अधिकारीहरुले चीन अहिले सो भाइरसबाट जोगिन र नियन्त्रणका लागि गम्भीर अवस्थामा रहेको समेत जनाएका छन् । चीनका अधिकारीहरुले सो भाइरस मानवबाट मानवमा फैलिइरहेको मात्रै पत्ता लगाएका छन् । तर, सो संक्रमणको वास्तविक कारण के हो भन्ने बारेमा चीनले अझै पनि पत्ता लगाइनसकेको जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बीनले आज पत्रकार सम्मेलनमा सो भाइरसको संक्रमणको कारण र रुट अझै पूर्ण रुपमा जानकारी नभएको बताएका थिए ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाले सिएटल शहरमा कोरोना भाइरससँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै आपतकालीन बैठक बोलाएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए । यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...