YouTube Link

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु

Facebook Link

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । प्रस्तावमाथिको छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहबीच विवाद भएको छ ।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो । अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथ समेत लिएको जनाईएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो । सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकाले महाअभियोग लगाउने प्रस्ताव पारित हुनेमा भने आशंका पैदा भएको छ । डेमोक्र्याट्सहरु उक्त मुद्दालाई लम्ब्याउन चाहन्छन् भने रिपब्लिकनहरु चाँडै नै मुद्दाको किनारा लगाउने पक्षमा देखिएका छन् ।

राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनका राष्ट्रपतिलाई अनावश्यक दवाव दिएको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आचरणविरुद्ध कार्य गरेको भन्दै महाअभियोग लगाउन लामो समय छलफल गरेर प्रस्ताव संसदमा दर्ता गराइएको हो । युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनलाई भ्रष्टाचाको मुद्धामा छानविन गर्न दवाव दिएको समाचार सार्वजनिक भएको थियो । तर राष्ट्रपति ट्रम्पले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...