YouTube Link

नेपालमा सक्रिय पश्चिमी वायुको प्रभाव आजबाट सकियो तराईमा भने हुस्सु र कुहिरो, चिसोबाट बच्न महाशाखाको आग्रह

World Cup 2026
Facebook Link

काठमाडौं: नेपालमा सक्रिय पश्चिमी वायुको प्रभाव आजबाट सकिएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको तापक्रम आज घटेको महाशाखाले जनाएको छ ।

हिजो न्यूनतम तापक्रम २ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा आज बिहान भने १ दशमलब ६ डिग्री सेल्सीयसमा झरेको छ । देशको तराई भूभागका अधिकांश स्थान लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा भने हुस्सु र कुहिरो रहने जनाइएको छ । भोलि र पर्सि शुक्रबार पनि मौसम देशैभर सामान्यतया सफा रहने जनाइएको छ । तर, तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव रहने पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...