म्यान्चेष्टर सिटीद्वारा सेफिल्ड युनाईटेड पराजित
वि.सं.२०७६ माघ ८ बुधवार ०९:२५
1.1K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित निकालेको छ । मंगलबारराति भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरोले ७३ औं मिनेटमा विजयी गोल गरे ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका थिए । पछिल्ला तीन खेलमा अग्युरोले छैटौ गोल गर्न सफल भएका छन् । सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमाएको थियो । ग्याब्रियल जिससको पेनाल्टी प्रहार घरेलु टोलीका गोलकिपर डेन हेन्डरसनले रोकिदिए । जितपछि सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १३ अंक पछाडी छ । सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
वि.सं.२०७६ माघ ८ बुधवार ०९:२५



















