पश्चिमी वायु आज पनि सक्रिय हुँदै, मध्यपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०७६ माघ ६ सोमवार ०९:२०
1.2K
shares
काठमाडौं: आज देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका बताएको छ । पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही दिन लगातार बर्षा गराएर केही निष्क्रिय बनेको पश्चिमी वायु आजदेखि फेरि सक्रिय हुने जनाएको छ । मध्य र पश्चिम क्षेत्रमा पानी बर्षा र हिमपात हुने तथा देशभर नै आकाशमा बादल लागेर घाम छेकिनेछ । केही दिनदेखि तराईका भूभागमा लागेको कुहिरो आज पनि दिनभर नहट्ने तथा काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा दिउँसो १२ बजेदेखि बदली हुने महाशाखाले जानकारी दिएको छ ।
तराईमा लागेको हुस्सु र कुहिरो बेलुकीपख मात्रै हट्दै जानेछ भने राती पूर्वी र मध्य तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम १ दशमलव ५ डिग्री मापन गरिएको छ ।
वि.सं.२०७६ माघ ६ सोमवार ०९:२०



















