प्रतिनिधिसभाको बैठक आज बस्दै
वि.सं.२०७६ माघ ६ सोमवार ०९:१८
1K
shares
काठमाडौं: पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ । सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने नेकपाले जनाएको छ । नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ ।
वि.सं.२०७६ माघ ६ सोमवार ०९:१८



















