शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुदै
वि.सं.२०७६ माघ ६ सोमवार ०९:१८
1.2K
shares
काठमाडौं: शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुदैछ । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र संकटा क्लब भिड्दैछन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लब खेल्नेछन् । ब्रिगेड र संकटाबीचको पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भिड्नेछन् भने दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।
लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । ब्रिगेड ब्वाईज २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ । गत सिजनको लिगमा अप्रत्यासित नतिजा निकालेको संकटा यसपटक सोही प्रर्दशन र नतिजा दोहर्याउन सकेको छैन । संकटा सातौं चरणको खेलमा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।
यसैबीच आज लिगको सातौं चरणको खेलमा आर्मी र च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ । खेलमा कम्तिमा बराबरीको नतिजाले आर्मीलाई शीर्ष स्थानमा पुर्याउनेछ । यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ । उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ । आर्मीविरुद्ध जित निकाल्दै च्यासल भने कम्तिमा रेलिगेशन जोनबाट माथि उक्लिने दाउमा छ । आर्मीविरुद्ध जित हात पारे च्यासल तालिकाको आठौं स्थानमा उक्लने छ ।
वि.सं.२०७६ माघ ६ सोमवार ०९:१८



















