YouTube Link

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

Facebook Link

काठमाडौः सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स तथा दोस्रो खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।

लिग अन्तर्गत छैठौ चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन् । लिगमा थ्री स्टारले तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको छ । यस्तै फ्रेण्ड्स भने रेलिगेशन जोनमा रहेको छ । उसले २ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । एक खेल कम खेलेका थ्री स्टार चौथो स्थानमा छ । फ्रेण्ड्स १३ औं स्थानमा छ ।

छैठौ खेलमा जित निकाल्दै लिग तालिकको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारलाई छ । तीन अंक हासिल गरेमा फ्रेण्ड्स भने आठौं स्थानमा उक्लिनेछ । दुबै टिम स्पष्ट तीन अंकका लागि खेल्दैछन् । थ्री स्टार फ्रेण्ड्सलाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यस्तै फ्रेण्ड्स भने लगातार दोस्रो अंक खोस्ने दाउमा हुने छ । यसैबीच रेलिगेशन जोनमा रहेका सरस्वतीले आज ब्रिगेड व्वाईज क्लबको सामना गर्दैछ ।

लिगको छैठौ खेलमा समान स्तरको टिम पाएको सरस्वती पहिलो जित निकाल्ने दाउमा छ । लिगमा सुरुवाती पाँचै खेल गुमाउँदा सरस्वतीले १० गोल ब्यहोरेको छ र मात्र एक गोल गरेको छ । लिगमा सरस्वतीलाई पराजित गर्दै ब्रिगेडले तेस्रो जित निकाल्ने योजनामा छ ।

यसैबीच लिग अन्तर्गत हिजो भएको खेलमा जावलाखेललाइ हराउँदै मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । अपराजित मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले पछि पारेको हो । मछिन्द्रको साँघुरो जितका लागि खेलको ३१ औं मिनेटमा विशाल राईले निर्णायक गोल गरेका हुन् ।

जीतसँगै ६ खेलमा १३ अंक जोडेको मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछिपार्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रसँग पराजित भएसँगै जावलाखेलको अपराजित यात्रामा विराम लागेको छ । लिगमा पहिलो हार व्यहोरेको जावलाखेल ६ खेलमा ९ अंकसहित पाँचौं स्थानमा छ । यसैगरी हिजो भएको अर्को खेलमा मनाङ मर्स्याङदी र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दै अँक बाडेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...