YouTube Link

पक्राउ परेका १२२ चिनियाँ नागरिक देश निकाला, दुईवटा विमानमा राखेर चीन पठाइयो

Facebook Link

काठमाडौं: नेपालमा बसेर चीन विरुद्ध शंकास्पद गतिविधि गरेको अभियोगमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई नेपालले देश निकाला गरेको छ । उनीहरु सबैलाई चीनबाट आएका विशेष विमान मार्फत चीन पठाइएको हो ।

काठमाडौंका बिभिन्न बृतमा राखिएका उनीहरुलाई कडा सुरक्षा घेराबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो । त्यसपछि चीनबाट आएका दुई वटा विमानमा राखेर उनीहरुलाई चीन पठाइएको हो । अध्यागमन विभागले उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै देश निकाला गर्ने निर्णय गरेको थियो । नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा यही पुस ७ गते उनीहरु पक्राउ परेका थिए ।

पर्यटक भिसामा नेपाल आएका उनीहरु सवैसंग ट्राभल डकुमेन्ट समेत नरहेको खुलेको थियो । नेपाल प्रहरीको सीआइबीले उनीहरुलाई पक्राउ गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा सामान्य जरिवाना गर्दै अध्यागमन विभागलाई जिम्मा लगाएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवान, हङकङ, भियतनाम, कम्बोडियालगायतका देशमा बसेर चिनियाँहरुले चीन विरोधी गतिविधि गरेर चिनिया अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको आरोप चीन सरकारले लगाउँदै आएको छ ।

चीन सरकारको आग्रहमा केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...