पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर मौसममा बदली, हिमाली भेगमा भारी हिमपातको सम्भावना
वि.सं.२०७६ पुस २३ बुधवार ११:२१
1.2K
shares
काठमाडौः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौं उपत्यका सहितका स्थानमा आज र भोलि उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका नुवाकोट, धादिङ, मकवानपुर लगायतका स्थानमा वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ ।
पश्चिम र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७६ पुस २३ बुधवार ११:२१




















